Loading...
「ツール」は右上に移動しました。
14いいね 337回再生

सम्झना र सम्मानमा "पुस्ता प्रविधिको" तिज गीत प्रस्तुती

पुस्ता प्रविधिको" तिज गीत प्रस्तुती हरितालिका तीज २०८१ को अवसरमा सत्यवती समाज सुधार आमा समूह, मिलिजुली सांस्कृतिक मञ्च र ग्रामीण जनसहभागिता विकास मञ्चले आयोजना गरेको झोरा तीज गीत प्रतियोगितामा सहभागी हुने क्रमका केही अतिरिक्त सामग्रीहरू।

यो भिडियो हरितालिका तिज २०८१ को अवसरमा श्री सत्यवती समाज सुधार आमा समूह, बरेङ-३, साग्दी बागलुङ, श्री मिलिजुली सांस्कृतिक मञ्च, बरेङ-३, खाल्ले, बागलुङ र श्री ग्रामीण जनसहभागिता विकास मञ्च, बतेङ्ग, बागलुङले आयोजना गरेको झोरा तीज गीत प्रतियोगितामा सहभागी हुँदा मौलिक सांस्कृतिक तिज गीत शैलीमा पछिल्लो समसामयिक मुद्दा "पुस्ता प्रविधिको" भन्ने विषयबस्तुमा तयार पारी श्री भृकुटी मावि., बरेङ-२, काफलबोट, बागलुङका विद्यार्थीहरूको प्रस्तुती हो।

   समूहमा १) गोमा विक. (गायन/नाटक-गोमा आमा र भ्वाइस ओभर), उमा थापा (मुख्य गायन र नाटक- सुन्तली बज्यै), सिर्जना क्षेत्री (गायन), ज्योति भण्डारी (गायन), तुलसी बस्नेत (नाटक-प्रतिमा र गायन),  सिर्जना परियार (गायन/भ्वाईश ओभर) बल बा. परियार (नाटक-प्रतिक), प्रतीक श्रीश (मुख्य मादल वादन), सुन्दर परियार (मादल बादन),  सुजिन परियार (बाँसुरी बादन), सविता क्षेत्री (नृत्य), सन्ध्या परियार (नृत्य), उषा श्रीश (नृत्य), रेखा परियार (नृत्य), आशिका परियार (नृत्य), अनु परियार (नृत्य) र सुशिला बश्याल (नृत्य प्रशिक्षक) भूमिका रहेको थियो भने शिक्षक सोनम थापाको नृत्य प्रशिक्षण, शिक्षक गोपाल केसीको लय शब्द साथै शिक्षक सुन्दर श्रेष्ठको कन्सेप्ट, लेखन र प्रशिक्षण रहेको थियो ।